Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

अधिकृतको नाम काटेर विदेश जान खोजेपछि गृह मन्त्रालयका सहसचिव कारबाहीमा

अधिकृतको नाम काटेर विदेश जान खोजेपछि गृह मन्त्रालयका सहसचिव कारबाहीमा

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । गृह मन्त्रालयले सहसचिव डा. भीष्मकुमार भुषाललाई कारबाहीस्वरुप मन्त्रालयबाट हटाएको छ ।

मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको प्रमुख रहेका उनलाई केही दिनअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एक अधिकृत जान लागेको विदेश भ्रमणसम्बन्धी कार्यक्रममा भुषाल आफैँ जान खोजेका थिए ।

अधिकृतको नाम काटेर आफ्नो नाम राखी स्वीकृतिका लागि मन्त्रीलाई पेस गरे । सो कुरा थाहा पाएपछि गृहमन्त्री रमेश लेखकले उनलाई गाली गरेका थिए । सोही कारण उनलाई मन्त्रालयबाट हटाइएको छ । सहसचिव भुषाल ६ महिनामा तीन पटक विदेश भ्रमणमा गइसकेका छन् ।

विपद् महाशाखामा सहसचिव डा।टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । पाण्डे यसअघि मन्त्रालयकै नीति, योजना, अनुगमन महाशाखामा कार्यरत थिए । सो महाशाखामा भने आनन्द काफ्लेलाई तोकिएको छ । काफ्ले यसअघि जिम्मेवार विहीन थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077