Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

संविधान संशोधनका लागि माओवादीले उठायो तीन एजेन्डा, के-के हुन् ?

संविधान संशोधनका लागि माओवादीले उठायो तीन एजेन्डा, के-के हुन् ?

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका लागि तीन एजेन्डामा छलफल थालेको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकमा संविधान संशोधनको विषय आउँदा मुख्य गरी तीन एजेन्डामा ध्यान दिनुपर्ने सुझाव आएको हो ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सुझाव पेस गरिएका विषयहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री बन्न नपाइने भन्ने विषय छन् ।

यसलाई मंसिर २७ गते बस्ने स्थायी समिति बैठक र पुस २ गते बस्ने केन्द्रीय समिति बैठकले निष्कर्षमा पुर्‍याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077