Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रवि लामिछानेलाई भेट्न कास्की पुगे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

रवि लामिछानेलाई भेट्न कास्की पुगे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई भेट्न भट्टराई कास्की पुगेका हुन्।

लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077