Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रास्वपाले भन्यो - रवि लामिछानेलाई विभिन्न बहानामा यातना दिने काम भयो

रास्वपाले भन्यो - रवि लामिछानेलाई विभिन्न बहानामा यातना दिने काम भयो

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई विभिन्न बहानामा यातना दिने काम भएको बताएका छन्।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्धारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गरेका हुन् । रास्वपाले सभापति लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्‍याइएको भन्दै आपत्ति प्रकट गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट रहेको छ। सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराइ राति सुतिरहेको बेलामा अचानक उठाइ मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइको रहेछ। यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी सुत्रबाट प्राप्त भएका छन्।’

सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल चलेको उसको ठहर छ।

यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि रास्वपाले बताएको छ। सभापति लामिछाने कसुरदार नभइ एक आरोपित मात्र भएको रास्वपाले बताएको छ।

सरकारको कानुनी प्रक्रियामा साथ दिएर सभापति लामिछानेले नागरिक कर्तव्य निर्वाह गरिरहेको बताएको छ। राज्य संयन्त्र रास्वपा र यसका सभापतिविरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको यस घटनाले स्पष्ट बनाएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077