Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - बीआरआईमा ऋण लिने सहमति भएको छैन

कांग्रेस सभापति देउवाले भने - बीआरआईमा ऋण लिने सहमति भएको छैन

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

धरान जाने क्रममा विराटनगर विमानस्थलमा बोल्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओली चीन गएको बेला बीआरआईमा ऋण लिने सहमति नभएको उनको भनाइ छ ।

सभापति देउवाले भने, 'प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन।'

उनले ऋण लिने सहमति नगरेको भन्दै ओलीलाई धन्यवाद दिए । उनले संविधान संशोधनको काम अगाडि बढिरहेको बताए ।

सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077