Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

गृहमन्त्री लेखक भन्छन् - कांग्रेस अहिलेसम्म बीपीकै विचारमा हिँडेको छ

गृहमन्त्री लेखक भन्छन् - कांग्रेस अहिलेसम्म बीपीकै विचारमा हिँडेको छ

शुक्रवार , मंसिर २१, २०८१

धरान । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस बीपी कोइरालाको विचारमा आधारित रहेको बताएका छन् ।

शुक्रबार धरानमा लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बीपीका साहित्यिक विचारहरू’पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस बीपीको विचारमा हिँडिरहेको बताएका हुन् ।

उनले कांग्रेस बलियो भए लोकतन्त्र पनि बलियो हुने दाबी गरे । ‘कांग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ ।जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइराख्नु पर्छ’, उनले भने।

यस्तै कांग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077