Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पुरा, उद्योगमन्त्री भण्डारीले उद्घाटन गर्ने

सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पुरा, उद्योगमन्त्री भण्डारीले उद्घाटन गर्ने

शुक्रवार , मंसिर २१, २०८१

धनगढी । सुदूरपश्चिम महोत्सवको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने भएका छन् ।

शनिवारदेखि धनगढीमा सुरु हुने १८ औँ संस्करणको महोत्सवको उद्घाटन उद्योगमन्त्री भण्डारीले गर्ने भएका हुन् ।
कैलाली उद्योग वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ।

संघले आज धनगढीमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको र मन्त्री भण्डारीले उद्घाटन गर्ने जनाएको हो। संघका महासचिव ओम बिष्टले महोत्सवमा पाँच सय ३१ वटा स्टल रहेका बताए।

महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको कारोबार हुने संघको अनुमान छ। संघले कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रिक, होटेललगायतका स्टलहरू रहने जनाएको छ।

महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टिकट लाग्ने छ । विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077