Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रहेनन् मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष गिरी

रहेनन् मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष गिरी

शुक्रवार , मंसिर २१, २०८१

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ ।

दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा आज दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो ।

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनका श्रीमतीसहित दुई छोरा र एक छोरी छन् ।

नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य समेत रहेका गिरीको भोलि शनिबार फलेबिसौनामा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077