Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस बलियो भए मात्र लोकतन्त्र सुरक्षित रहन्छ : गृहमन्त्री लेखक

कांग्रेस बलियो भए मात्र लोकतन्त्र सुरक्षित रहन्छ : गृहमन्त्री लेखक

शनिवार , मंसिर २२, २०८१

सुनसरी । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेस बलियो भए मात्र मुलुकमा लोकतन्त्र सुरक्षित रहने बताएका छन्।

शुक्रबार धरान उपमहानगरपालिका–१५ मा साहित्यकार गिरिराज आचार्यको पुस्तक ‘बिपीका साहित्यिक विचारहरू’को लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस कमजोर भएमा लोकतन्त्रमा जोखिम बढ्न सक्ने र यसलाई सुरक्षित राख्न कांग्रेसको बलियो स्थिति आवश्यक रहेको उल्लेख गरे।

गृहमन्त्री लेखकले वर्तमान सरकार र सत्ता गठबन्धनले मुलुकमा स्थायित्व, सुशासन, दिगो शान्ति र समृद्धिको उद्देश्यका साथ काम गरिरहेको पनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077