Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनीविरूद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

लुम्बिनीविरूद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्स ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार हुने पहिलो खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिम रोयल्स ब्याटिङ गर्ने भएको हो ।

यो खेल राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त हुनेछ ।

लयमा रहेको सुदुरपश्चिमले यसअघिका दुवै खेलमा जित निकालेको छ । लुम्बिनी भने दुवै खेलमा पराजित भएको थियो ।

सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै जनकपुरलाई अंकतालिकामा भेट्टाउने लक्ष्यमा छ भने लुम्बिनी पहिलो जितको लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077