Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आज ५ जिल्लामा रास्वपाको भेला

आज ५ जिल्लामा रास्वपाको भेला

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले आज पाँच जिल्लामा जिल्ला भेला आयोजना गरेको छ ।

पार्टीको संगठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँचवटा जिल्लामा भेला आयोजना गरेको हो ।

कर्णालीको सल्यान, लुम्बिनीको बाँके, गण्डकीको नवलपुर, बागमतीको नुवाकोट र भक्तपुरमा भेला आयोजना गरिएको रास्वपाले जनाएको छ ।

यसअघि २३ जिल्लाहरूमा भेला सम्पन्न भइसकेको छ । पार्टीको केन्द्रीय संगठन विभाग, प्रदेश संगठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाको आवश्यक तयारी मिति तोक्ने र जिल्ला भेला आयोजना गर्ने काम भइरहेको छ।

रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077