Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बीआरआई सम्झौता कांग्रेसकै सहमतिमा भएको हो : गृहमन्त्री लेखक

बीआरआई सम्झौता कांग्रेसकै सहमतिमा भएको हो : गृहमन्त्री लेखक

शनिवार , मंसिर २२, २०८१

विराटनगर । गृहमन्त्री रमेश लेखकले बीआरआई सम्झौता कांग्रेसकै सहमतिमा भएको बताएका छन्।

नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले बीआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको दाबी गरे।

गृहमन्त्री लेखकले भने, ‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धि थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो। यसमा अन्यथा सोच्न जरुरी छैन।’

गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने आवश्यक रहेको भन्दै बीआरआईमा ऋण लिने कुरा नभएको बताए ।

संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077