Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सले दियो विराटनगरलाई १३४ रनको लक्ष्य

कर्णाली याक्सले दियो विराटनगरलाई १३४ रनको लक्ष्य

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको सामान्य लक्ष्य दिएको छ।

विलियम बोसिस्टो र देव खनालको अर्धशतक मदतमा कर्णालीले विराटनगरलाई १३४ रनको लक्ष्य दिएको हो ।

विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाली २० ओभरमा १३३ रनमा अलआउट भयो। कर्णालीलाई सस्तोमा रोक्ने क्रममा विराटनगरका प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए।

देवले ५३ रन जोड्दा बोसिस्टोले ६६ रन बनाए। देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। बोसिस्टोले ४९ बलमा ५ चौका र ३ छक्क प्रहार गरे। त्यसअघि ओनपर शिखर धवन भने ५ रनमा आउट भए।

उनलाई दोस्रो ओभरको तेस्रो बलमा विराटनगरका प्रतिश जिसीले बोल्ड गरे। यसअघिका तीन मध्ये एक खेलमा धवनले अर्धशतक प्रहार गरेका थिए। उनले काठमाडौं गुर्खाजविरूद्ध ७४ रन जोड्दा चितवन राइनोजसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १४ रन जोडेका थिए।

धनव आउट भएपछि अर्को ओभरमा चाडविक वाल्टन १ रनमा क्रिस सोलको बलमा आउट भए। त्यसपछि देव र बोसिस्टोले कर्णालीको इनिङ्ग्स सम्हालेका थिए।

दुईबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो। बलिङमा प्रतिशले चार विकेट लिँदा १७ रन दिए। क्रिस सोल र बसिर अहमदले दुई दुई विकेट लिए।

कप्तान सन्दीप लामिछाने फेरि विकेटविहीन बने। उनले एनपिएलको चार खेलमा एक विकेट मात्र लिन सकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077