Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ

माओवादी अध्यक्ष प्रचण्डले भने - शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियालाई बहुमतबाट भन्दा पनि आफूले सहमतिमै जोड दिएको धारणा राखे ।

अध्यक्ष प्रचण्डले भने,‘एकथरि शक्तिमा यो माओवादी र काङ्ग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको छ। यसलाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्‍याउनुपर्छ र त्यो अन्तिम चरणमा पुगेको छ।’

उनले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्‍याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए।

उनले अब एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077