Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विराटनगरमाथि कर्णालीको सनसनीपूर्ण जित

विराटनगरमाथि कर्णालीको सनसनीपूर्ण जित

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

शनिबार भएको दोस्रो खेलमा विराटनगर किङग्सविरुद्ध कर्णाली याक्स ७ रनले विजयी भएको हो ।

कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो ।

विराटनगरका ओपनिङ ब्याटर मार्टिन गप्टिल दोस्रो ओभरमा विपिन शर्माको बलमा चार रनमै आउट भए। अर्का ओपनर लोकेश बमलाई पनि १९ रनमा विपिनले नै आउट गरे।

त्यसपछि अकिब इल्यास आठ रन र नरेन भट्ट सात रनमा आउट भए। इल्यासलाई नन्दन यादवले बोल्ड गर्दा नरेन विलियम बोसिस्टोको एलबिडब्लूको धरापमा परे।

बसिर अहमदलाई युनिस ठकुरीले ८ रनमा आउट गरे। उनले निकोलास किर्टोनलाई ४० रन र दीपक बोहरालाई १८ रनमा बोल्ड गरे। १९औं ओभरको दोस्रो बलमा सोपमाल कामीले क्रिस सोललाई शून्यमा पेभिलियन फर्काए।

अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चााहिएको थियो। ब्याटिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र प्रतिश जिसी थिए। पहिलो बलमा सन्दीपले एक रन लिए। दोस्रो बलमा प्रतिशले दुई रन लिन सके।

तेस्रो बलमा पनि दुई रन नै लिए। चौथो बल डट भयो। पाँचौ बलमा प्रतिशले एक रन लिए। अन्तिम बलमा सन्दीपले एक रन लिँदा खेल कर्णालीले सात रनले जित्यो। बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए ।

विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एक-एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो ।

कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए । चार खेलमा कर्णालीले दोस्रो जित निकालेको हो। विराटनगर भने तीन खेलमा पराजित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077