Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

वर्तमान सरकारले राम्रो काम गरिरहेको छ : शेरबहादुर देउवा

वर्तमान सरकारले राम्रो काम गरिरहेको छ : शेरबहादुर देउवा

शनिवार , मंसिर २२, २०८१

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन्।

पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले आफूले झुट नबोल्ने समेत बताए ।

सभापति देउवाले भने,‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ।’

कांग्रेस–एमालेको गठबन्धन स्थायित्वका लागि बनेको दाबी गर्दै उनले प्रधानमन्त्रीले सबै काम राम्रो गरेको दाबी गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण निकै महत्त्वपूर्ण काम गरेर आएको पनि बताए।

चीन भ्रमणका क्रममा भएको सम्झौताका विषयमा प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पनि गरे। स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको उल्लेख गर्दै देउवाले दुई पार्टी मिल्दा देशमा स्थायित्व आउने दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077