ललितपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठिक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् ।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित १६ औँ वार्षिक साधारणसभामा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
उनले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उनले शिक्षकहरूको हीतका लागि सानोसानो पुँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभर अगुवाइ गरेर अगाडि बढेकोमा खुसी व्यक्त गरे ।