Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राजनीतिक ‘कोर्ष’ बदल्ने बेला आयो, निर्वाचन प्रणाली बदलेर मात्रै सकिन्छ : प्रचण्ड

राजनीतिक ‘कोर्ष’ बदल्ने बेला आयो, निर्वाचन प्रणाली बदलेर मात्रै सकिन्छ : प्रचण्ड

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् ।

माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको शनिबार दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने बताए ।

अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077