Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एनपीएलका चार खेलमा १३६ रन हानेका शिखर धवन भारत फर्किदै

एनपीएलका चार खेलमा १३६ रन हानेका शिखर धवन भारत फर्किदै

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किने भएका हुन् । उनले एनपीएलमा ४ खेल खेल्दै १३६ रन बनाएका छन् ।

उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए ।

४ खेल खेलेको कर्णालीले २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077