Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अपराजित जनकपुरसँग प्रतिस्पर्धा गर्दै लुम्बिनी लायन्स

अपराजित जनकपुरसँग प्रतिस्पर्धा गर्दै लुम्बिनी लायन्स

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ । जारी एनपीएलमा दुवै टिमको चौथो खेल हो ।

एक जितले प्लेअफ नजिक पुग्नेछ भने अर्कोतर्फ एक हारले लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना लगभग अन्त्य हुनेछ ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरले सुरुवाती तीन खेलमा शतप्रतिशत जित निकालेको छ । रोहित पौडलेको लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ ।

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077