Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनीले जित्यो टस, जनकपुरलाई ब्याटिङको निम्तो

लुम्बिनीले जित्यो टस, जनकपुरलाई ब्याटिङको निम्तो

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले टस जितेको छ । टीयू क्रिकेट मैदानमा टस जित्दै कप्तान रोहित पौडेलले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।

अहिले जनकपुरले ब्याटिङ गर्दैछ । लुम्बिनीले आज अघिल्लो खेलबाट तीन खेलाडी परिवर्तन गरेको छ।

सूर्य तामाङको स्थानमा आशुतोष घिरैया, दिनेश अधिकारीको स्थानमा अविशेष गौतम र उन्मुक्त चन्दको स्थानमा वेन कटिङ सुरुवाती ११ मा आएका छन्।

जनकपुरले भने अघिल्लो खेलबाट एक खेलाडी मात्र परिवर्तन गरेको छ। तुलबहादुर थापाको स्थानमा शेर मल्ल आएका छन् ।

यसअघि भएका तीनरतीन खेलमध्ये लुम्बिनी लायन्सले सबै खेल गुमाएको छ भने जनकपुरले सबैमा जीत हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077