Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुर बोल्ट्सले दियो लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य

जनकपुर बोल्ट्सले दियो लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ।

जितबिहीन लुम्बिनी लायन्सले अपराजित जनकपुर बोल्ट्सलाई १३६ रनमै रोकेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि कप्तान तथा ओपनर अनिलकुमार साहले ४५ रन जोडे। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेखले १६ रन जोड्दा लाहिरू मिलन्थाले २४ रन बनाए। त्यसपछिका ब्याटर भने चल्न सकेनन्। हर्ष थाकर र जिमी निशम एक एक रनमै आउट भए।

दुवैलाई डेब्यू खेलाडी अभिसेष गौतमले आउट गरे। मोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए। दुवैलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लूको धरापमा पारे।

अन्तिम ओभरमा शाद बिन जफरले हेमन्त धामीलाई ९ रनमा आउट गरे। जफरले नै ललित राजवंशीलाई अन्तिम बलमा रनआउट गरे। शुभ कंसाकरले नटआउट २२ रन जोडे।

बलिङमा लुम्बिनीका अभिसेष गौतमले तीन विकेट लिए भने रोहित पौडेल र शाद बिन जफरले दुई दुई विकेट हात पारे।

जारी एनपिएलमा जनकपुरले यसअघिका तीनै खेलमा जित निकाल्दा लुम्बिनी भने तीनै खेलमा पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077