Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लुम्बिनीलाई हराउँदै जनकपुर बोल्ट्सले जित्यो लगातार चौंथो खेल

लुम्बिनीलाई हराउँदै जनकपुर बोल्ट्सले जित्यो लगातार चौंथो खेल

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार चौंथो जित हात पारेको छ।

टियु क्रिकेट मैदानमा आज लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै चौंथो जित हात पारेको हो ।

जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनाउन सक्यो।

अन्तिम १ बलमा २ रन चाहिएको अवस्थामा सन्दीप जोरा क्याच आउट भएपछि लुम्बिनीले लगातार चौथो हार व्यहोरेको हो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो। ३८ बलमा ३ चौका सहयोगमा ३५ रन बनाएका रोहित हर्ष ठाकेरको बलमा जेम्स निसमको हातबाट क्याच आउट भए।टोम मोरिसले ३१ रन थपे।

अर्जुन साउद २० रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए। लुम्बिनीलाई रोक्न जनकपुरका हर्ष ठाकेरले ५ विकेट लिए। किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरलेक निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको थियो।

चौथो हारसँगै लुम्बिनी लायन्सको प्ले अफ सम्भावना कमजोर बनेको छ। चार खेलमा पराजित लुम्बिनी अंकविहिन रुपमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077