Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सविरुद्ध हसन इसाखाइलले हाने अर्धशतक

सुदूरपश्चिम रोयल्सविरुद्ध हसन इसाखाइलले हाने अर्धशतक

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजका ओपनर हसन इसाखाइलले अर्धशतक पूरा गरेका छन् ।

हसनले ४१ बलमा ५२ रन बनाई सुदूरपश्चिमविरुद्ध अर्धशतक पूरा गरेका हुन्।

हसनले अर्धशतक बनाउने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे। उनी एनपीएलमा अर्धशतक बनाउने १५ औं खेलाडी हुन्।

यसअघि सुदूरपश्चिमविरुद्ध चितवन राइनोजले दोस्रो विकेट गुमाएको छ।

विपिन रावल १७ रनमा आउट भए। उनले २० बल सामना गरी दुई चौका प्रहार गरे।

सैफ अलि जैबको बलमा कुगेलिनको हातबाट रावल आउट भए। चितवनले १४औँ ओभर सकिँदा ९४ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077