Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजले दियो सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य

चितवन राइनोजले दियो सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले सुदूरपश्चिमलाई १६५रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १६४ रन जोड्यो। चितवनका लागि ओपनिङ ब्याटर हसन इशाखिलले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे।

अर्का ओपनर सन्तोस कार्की भने ९ रनमै आउट भए। विकेटकिपर ब्याटर विपिन रावलले १७ रन जोड्न सके। सइफ जाइब बलमा कुगेलेइनबाट क्याच हुँदा उनले २० बलमा २ चौका प्रहार गरे।

१८औं ओभरमा कप्तान कुशल मल्ल १३ रनमा कुगेलेइनबाट क्याच भएका थिए।

अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच हुनुअघि रवी बोपाराले १८ बलमा २ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाए।

बलिङमा कुगेलेइनले २ विकेट लिए भने माक्मलेन, दीपेन्द्र र जइबले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077