Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवनसँगको भिडन्तमा सुदूरपश्चिमले गुमायो लगातार तेस्रो विकेट

चितवनसँगको भिडन्तमा सुदूरपश्चिमले गुमायो लगातार तेस्रो विकेट

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ।

चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले चौथो ओभरमा लगातर दुई विकेट गुमाएको हो।

कुशल मल्लको बलमा ब्रान्डन म्याकमुलेन र विनोद भण्डारी आउट भए ।

४.४ ओभरमा मल्लले म्याकमुलेन पेभेलियन फर्काए। उनले ९ बलमा १३ रन बनाए। ४.१ ओभरमा मल्लको बलमा भण्डारीलाई लोफ्टी-इटनले क्याच आउट गरे। भण्डारीले ८ बलमा १० रन बनाए।

त्यस अगाडि १.६ ओभरमा रिजन ढकालको बलमा सैफ जैबलाई रञ्जित कुमारले क्याच आउट गरे।

सैफ ११ बलमा १८ रन बनाएर पेभेलियन फर्किए। अहिले सुदूरपश्चिम रोयल्सले ५ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ४६ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077