Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमालेलाई मीनबहादुरको जग्गा दानविरुद्धको रिट हेर्न नभ्याइनेमा

एमालेलाई मीनबहादुरको जग्गा दानविरुद्धको रिट हेर्न नभ्याइनेमा

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिटको पेसी हेर्न नभ्याइनेमा परेको छ।

न्यायाधीशद्धय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा परेको हो। यसअघि मंसिर १८ गते पनि शर्मा र पाण्डेयकै इजलासमा परेको थियो।

त्यतिबेला पनि सर्वोच्चले हेर्न भ्याएको थिएन। कात्तिक ७ गते दर्ता भएको यो मुद्दा ७ पटक हेर्न नभ्याइने र दुई पटक हेर्न नमिल्नेमा परेको छ।

यसअघि कात्तिक १२ गते सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश, जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको थियो।

भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077