Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजलाई छैटौं सफलता, संकटमा सुदूरपश्चिम

चितवन राइनोजलाई छैटौं सफलता, संकटमा सुदूरपश्चिम

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले छैटौं विकेट गुमाएको छ। चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले छैटौं विकेट गुमाएको हो।

छैटौं विकेटका रुपमा निकोल लोफ्टी इटनको बलमा दीपेन्द्र सिंह ऐरी आउट भए । चितवनसँगको खेलमा सुदूरपश्चिमको मध्य क्रम चल्न सकेन ।

पहिलो विकेटका रुपमा सुदुरले ओपनर सैब जैबलाई १८ रनमै गुमायो । दोस्रो विकेटका रुपमा विनोद भण्डारी ८ बलमा २ चौकासहित १० रनमा कुशल मल्लको बलमा क्याच आउट भए ।

तेस्रो विकेट ब्रान्डन म्याकमुलेन ९ रनमा २ चौकासहित १३ रनमा चितवनका कप्तान कुशल मल्लबाट बोल्ड आउट भए । चौथो विकेट आरिफ शेखको गयो ।

उनले ९ बलमा ४ रन मात्रै जोड्न सके । पाँचौं विकेट दिलप्रित बाजवाको गयो । उनलाई लोफ्टी इटोनले एलबीडब्ल्यु आउट गरे । उनले १६ बलमा १ चौका सहिचत १२ रन बनाए ।

चितवनका लागि कप्तान कुशल मल्लले २, रिजन ढकाल, रञ्जित कुमार र निकोल लोफ्टी इटोनले समान १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077