Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जित्यो तेस्रो खेल

सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जित्यो तेस्रो खेल

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले तेस्रो जित हात पारेको छ।

टियु क्रिकेट मैदानमा आज सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको हो ।

सुदूरपश्चिमले भने आज चितवन राइनोजसँग पहिलो हार ब्यहोरेको छ। चितवनको भने यो तेस्रो जित हो। उसले अघिल्ला तीन मध्ये एक खेलमा पराजय भोगेको थियो।

सुदूरपश्चिम भने यसअघि लगातार तीन खेलमा विजयी भएको थियो। आइतबार चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमै अलआउट भयो।

सुदूरपश्चिमका ओपनरद्वय सइफ जइब १८ रन र विनोद भण्डारी १० रनमा आउट भए। ब्रान्डन माक्मलेनले १३ रन र दिलप्रित बजवाले १२ रन जोड्न सके।

कप्तान दीपेन्द्रसिंह ऐरी १ रन, आरिफ शेख ४ रन र नरेश बुढाऐर ५ रनमै आउट भए। इशान पाण्डेले ३५ रन जोड्न सके। पाण्डेले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

नरेन राउद १० रन र स्कट कुगेलेइनले १६ रन बनाए। बलिङमा चितवनका रिजन ढकाल, कुशल मल्ल, लोफ्टी इटन र अमरसिंह रटेउलाले २/२ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १६४ रन जोडेको थियो । बलिङमा सुदूरपश्चिमका लागि कुगेलेइनले २ विकेट लिए भने माक्मलेन, दीपेन्द्र र जइबले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077