झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित १८ तले व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन् ।
झापाको दमक– ३ दापगाछीमा आइतबार आयोजित समारोहका बीच प्रधानमन्त्री ओलीले कम्प्लेक्सको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत सहभागी थिए ।
दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर टाढाको दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।
चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।