Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रवि लामिछाने लक्षित प्रधानमन्त्रीको टिप्पणी - देश चलाउन सहकारी ठगे जस्तो होइन, सिद्धान्त चाहिन्छ

रवि लामिछाने लक्षित प्रधानमन्त्रीको टिप्पणी - देश चलाउन सहकारी ठगे जस्तो होइन, सिद्धान्त चाहिन्छ

आइतवार , मंसिर २३, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने बताएका छन् ।

आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले देश चलाउन सहकारी ठगेको जस्तो नहुने बताए । देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने उनको भनाइ छ ।

देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उनको भनाइ थियो। नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077