Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एभरेष्ट बेसक्याम्प घुमेर स्वदेश फर्किए शिखर धवन

एभरेष्ट बेसक्याम्प घुमेर स्वदेश फर्किए शिखर धवन

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।

उनले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीसँगै कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे सहितको टोली पनि एभरेष्ट बेसक्याम्प पुगेको थियो ।

उनीहरूले करिब चार घन्टा एभरेष्ट बेसक्याम्पमा बिताएको बताइएको छ । बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् ।

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077