Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

झाँक्री प्रकाश भुजेल जेल चलान

झाँक्री प्रकाश भुजेल जेल चलान

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले झाँक्री भनेर चिनिने प्रकाश भुजेललाई थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सवारी ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077