Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : आर्सनल बराबरीमा रोकिँदा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग : आर्सनल बराबरीमा रोकिँदा चेल्सी विजयी

सोमवार , मंसिर २४, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बराबरी खेल्दा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलले फुलहमसँग १-१ गोलको बराबरी खेल्दा चेल्सीले टोटनहमलाई ३-४ गोलले पराजित गरेको हो।

क्राभेन कटेजमा फुलहमका जिमिनेजले ११ मिनेटमा सानदार गोल गर्दा पहिलो हाफमा आर्सनल पछि परेको थियो।

आर्सनलका विलियम सालिबाले ५२ मिनेटमा गरेको गोल निर्णायक बन्दा खेल १-१ को बराबरीमा सकिएको थियो।

अर्को खेलमा चेल्सीले टोटनहमलाई उसकै घरमा पराजित गरेको थियो। चेल्सीको जितमा कोल पाल्मरले पेनाल्टीमार्फत दुई गोल गरे। जाडोन स्यान्चो र इन्जो फर्नान्डेजले एक/एक गोल गरे।

चेल्सीले १५ खेलबाट ३१ अंक जोड्दा आर्सनलको २९ अंक छ। एक खेल कम खेलेको लिभरपुलको ३५ अंक छ। लिभरपुलले १५ औं खेल फुलहमसँग शनिबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077