Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतलाई हराउँदै बंगलादेशले जित्यो यू-१९ एसिया कपको उपाधि

भारतलाई हराउँदै बंगलादेशले जित्यो यू-१९ एसिया कपको उपाधि

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसिया कपको उपाधि जितेको छ । दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

यो प्रतियोगितामा नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो । नेपालकै समूहमा रहेको बंगलादेशले उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलव १ ओभरमा १ सय ९८ रन बनाएको थियो ।

१ सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५‍ दशमलव २ ओभरमै १ सय ३९ रनमा अलआउट भयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077