Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकारलाई चीनबाट पूर्वगृहमन्त्री श्रेष्ठले भने - रविमाथि भइरहेको प्रतिशोधपूर्ण दुर्व्यवहार रोक्नू

सरकारलाई चीनबाट पूर्वगृहमन्त्री श्रेष्ठले भने - रविमाथि भइरहेको प्रतिशोधपूर्ण दुर्व्यवहार रोक्नू

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गरेका छन् ।

चीन भ्रमणमा रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो माग गरेका हुन् । उनले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाए ।

उनले भनेका छन्, ‘हाल म देश बाहिर रहेकै अवस्थामा श्री लामिछाने लाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ। यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी ,अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु।’

त्यस्तै, उनले भष्टाचारको अनुसन्धान हुनु पर्ने भन्दै लामिछाने बाहेक कांग्रेस र एमालेका नेताहरुमाथि अनुसन्धान नगरी उनीहरुलाई बचाउन सरकारले भेदभाव गरेको आरोप लगाए।

उनले थप लेखेका छन् , ‘स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जो सुकै भएपनि कारवाही गरिनु पर्दछ। रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं।तर सरकारले लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै आएको छ।’

पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठले भ्रष्टाचारको आरोपमा मुछिएका आफ्ना नेता कार्यकर्तालाई छानविन र अनुसन्धानमा नल्याई रास्वपा सभापति रविमाथि भइरहेको ज्यादतीले सरकार प्रतिशोधमा उत्रिएको सर्वसाधारणको आशंकालाई बल पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077