Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महत भन्छन् - बीआरआईमा शर्तसहितको ऋण लिँदैनौ

कांग्रेस प्रवक्ता महत भन्छन् - बीआरआईमा शर्तसहितको ऋण लिँदैनौ

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बीआरआईमा शर्तसहितको ऋण नलिने बताएका छन् ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले बीआरआई अन्तर्गतको सहमति अन्तर्गत परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको उनको भनाई छ ।

बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङमा भनेर सहमति भएको भन्दै त्यसअन्र्तगत पनि अनुदानबाट परियोजना सञ्चालन गर्न सकिने कांग्रेस प्रवक्ता महतले बताए ।

उनले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुन सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने बताए ।

उनले बीआरआई अन्तर्गत मात्र नभएर कुनै पनि देश र दातृ निकायका ऋण नेपालले स्वीकार गर्न सक्ने अवस्था नभएको भन्दै पोखरा विमानस्थल पनि ऋणमा बनेकाले त्यसको प्रतिफल लिन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077