Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संघाईको ठगी र सम्पत्ति शुद्धीकरणमा सिद्धार्थ बैंक पनि मुछियो

संघाईको ठगी र सम्पत्ति शुद्धीकरणमा सिद्धार्थ बैंक पनि मुछियो

सोमवार , मंसिर २४, २०८१

काठामडौं । सर्वसाधरणलाई ठगीदेखि अनेक विवादमा फस्दै आएको सिद्धार्थ ग्यास उद्योगले सम्पत्ति शुद्धीकरणसम्बन्धि गतिविधि समेत गरेको भेटिएको छ।

सिद्धार्थ बैंक समेतको मिलेमतोमा कम्पनीले नक्कली बिलहरुको प्रयोग गरी सम्पत्ति शुद्धीकरणको अपराध गरेको देखिएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान थालेको छ ।

सिद्धार्थ ग्यास उद्योगका सञ्चालक रमेश कुमार अग्रवालले नै प्रमाणसहित राष्ट्र बैंकमा यस विषयमा उजुरी दिएका हुन् ।

शक्ति रोडवेज, जति आशी लजिस्टिक, आरपी ट्रान्सपोर्ट लगायत कम्पनीको नाममा नक्कली बिल बनाएर बढी भुक्तानी दिएको र त्यो पैसा निकालेर ठगी तथा शुद्धीकरण गरिएको दाबी गरिएको छ ।

सिद्धार्थ ग्यास उद्योगका मालिक रामचन्द्र संघाई हुन्, जो पटक–पटक विवादमा पर्दै आएका छन्। लजिस्टिकका हरेक बिलमा नौ सय रुपैयाँ भारु थप गरेर बिल बनाई विदेश पठाएर शुद्धीकरण गरिएको हो ।

यसमा सिद्धार्थ बैंकले सघाएको छ । विगतमा कम्पनीको स्वीफ्ट कारोबार नबील बैंकमार्फत हुँदै आएकोमा कारोबार शंकास्पद देखिएपछि नबीलले रोकेको छ ।

हाल मुख्यगरी सिद्धार्थ बेंकबाट नक्कली बिलहरुका आधारमा स्वीफ्ट कारोबार हुँदै आएको छ । शंकास्पद कारोबारलाई पनि सहजै अनुमति दिने गरेकाले यसमा मिलेमतोको आशंका गर्दै राष्ट्र बैंकले छानविन थालेको हो ।

यस्ता कारोबारमा नक्कली कागजपत्रको समेत प्रयोग हुने गरेको स्रोत बताउँछ । संघाईको अर्को कम्पनी शंकर ग्यास उद्योगमा पनि यस्तै कारोबार हुने गरेको आशंका गरिएको छ ।

संघाईको कम्पनीको कारोबार र कर छलीको विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयले समेत छानविन थालेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले नेपाल चार्टर्ड एकान्टेन्ट संघलाई पत्राचार गरी कम्पनीको सम्पूर्ण धन र दायित्वको मुल्याङकन गर्न पत्राचार गरेको छ । गत २५ कात्तिकमा कार्यालयले संघलाई यत्रो पत्राचार गरेको हो।

संघाईमाथि ठगी र मुद्रा अपचलन मुद्दामा यसअघि २०७७ सालमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले समेत अनुसन्धान गरेको थियो । प्रभावमा पारी पछि मुद्दा रोकाएका थिए ।

सिद्धार्थ ग्यास उद्योगबाट विदेशी मुद्रा अपचलन गरिएको त्यसबेला अनुसन्धानमा देखिएको थियो । संघाई यसअघि जुवाखालबाट समेत पक्राउ परेका थिए।

समाचारको विषयमा संघाईसँग प्रतिक्रियाका लागि अनलाईन नेपालले सम्पर्क गर्दा उनले पछि गर्छु भन्दै फोन काटे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077