Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गौतमबुद्ध विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

गौतमबुद्ध विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

सोमवार , मंसिर २४, २०८१

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्रामको सुनको सिक्रीसहित तीन जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्ता रहेका छन् ।  गुप्तासँगै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077