Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको सम्बोधन - ढुक्क हुनुस्, म देशका लागि थप केही गर्छु

प्रधानमन्त्री ओलीको सम्बोधन - ढुक्क हुनुस्, म देशका लागि थप केही गर्छु

सोमवार , मंसिर २४, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला पुगेर देशका लागि थप केही गर्ने बताएका छन् ।

झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताए । उनले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने,‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु । तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’

उनले बाँदरलेजस्तो आफ्नो र अर्काको घर पनि भत्काउने गरेर देश नबन्ने दाबी गरे ।

उनले देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077