Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले पुनः भने - १८ महिनापछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्छु

प्रधानमन्त्री ओलीले पुनः भने - १८ महिनापछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्छु

सोमवार , मंसिर २४, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको नेतृत्व सुम्पिने बताएका छन्।

झापाको गौरादह नगरपालिका ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण सुरु गर्दै प्रधानमन्त्री ओलीले पुन: सोही कुरा दोहोर्‍याएका हुन्।

प्रधानमन्त्री ओलीले पुन: १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए।

चीन भ्रमणबाट फर्किएका बेला विमानस्थलमै प्रधानमन्त्री ओलीले गत बिहीबार डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएको बताए।

उनले कांग्रेस र एमालेबीचको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077