Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यू-१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा

यू-१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) सोमबार साँझ पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यू–१९ एसियाकप क्रिकेट मलेसियामा यहि डिसेम्बर १५ देखि २२ तारिखसम्म सञ्चालन हुँदैछ। युएईमा भएको आईसीसी यू१९ वुमन्स विश्वकप एसिया छनोटको उपाधि जितेको नेपाली टोलीबाट एक खेलाडी बाहेक सबैले टिममा निरन्तरता पाएका छन् ।

नेपाली टोलीको उपकप्तानमा सोनी पाख्रिनसँगै साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, एलिसा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ र त्रिशना बिक रहेका छन्।

यस्तै किरणकुमारी कुंवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा र अनु कडायत टोलीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077