Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पर्सामा सकियो रविको बयान, बुधबार पोखरा फर्काइने

पर्सामा सकियो रविको बयान, बुधबार पोखरा फर्काइने

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको पर्सामा पनि बयान सकिएको छ ।

पर्साको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा उनको बयान लिइएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरु चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो ।

त्यसक्रममा अन्यत्र उनलाई बयान लिन समय लागेको थियो । उनलाई चार दर्जनभन्दा बढी प्रश्न सोधिएका थिए र रविले सबैको जवाफ दिएको बताइएको छ ।

रविलाई प्रहरीले भोलि पोखरा फर्काउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077