Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधान सेनापति सिग्देल भारत प्रस्थान

प्रधान सेनापति सिग्देल भारत प्रस्थान

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । प्रधान सेनापति महारथी अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् ।

मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मंगलबार प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।

प्रधान सेनापतिसँगै उनकी श्रीमति नीता क्षेत्री सिग्देलसहित ९ सदस्यीय भ्रमण दल आज भारत प्रस्थान गरेको बताइएको छ ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई भारतका महामहिम राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने लगायतको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077