Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमालेको निष्कर्ष - उपनिर्वाचनमा कीर्तिपुर र काठमाडौं-१६ को नतिजा अनपेक्षित

एमालेको निष्कर्ष - उपनिर्वाचनमा कीर्तिपुर र काठमाडौं-१६ को नतिजा अनपेक्षित

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका र काठमाडौं-१६ को नतिजा अनपेक्षित आएको निष्कर्ष निकालेको छ ।

नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो । यस नतिजालाई एमालेले गम्भीरतापूर्वक लिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

यसअघि एमालेले जितेका ७ वटा वडामा पद रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोले उपनिर्वाचन उपलब्धीपूर्ण भएको उनले बताए ।

दुई वर्षको बीचमा राजनीतिक दलप्रतिको जनमत फरक देखिएको र सहरी क्षेत्रमा सोचेको जस्तो परिणाम नआएको बैठकले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077