Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

देशमा लगानीकाे अनुकूल वातावरण सिर्जना हुँदैछ : अर्थमन्त्री पौडेल

देशमा लगानीकाे अनुकूल वातावरण सिर्जना हुँदैछ : अर्थमन्त्री पौडेल

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको बताए । अर्थमन्त्री पौडेलले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको दाबी गरे ।

उनले सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको बताए ।

अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढे पनि दबाबमुक्त भने भइनसकेको अर्थमन्त्री पौडेलले जिकिर गरे । राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ ।

तर सबै प्रयास सफल हुन नसकेको उनको भनाइ छ । वैधानिक च्यानलबाट नआउने गैरकानुनी ढङ्गबाट बढी आयात हुने गरेकाले राजस्व सङ्कलनमा समस्या आएको समेत उनको भनाइ थियो ।

राजस्व चुहावटमा अनियमितता लगायतका गतिविधि रोक्न जरुरी रहेकाले सरकारले पहल गरिरहेको मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077