Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गैरव्यवसायिक गतिविधिमा संलग्न भएपछि डीएसपी पौडेलको सरुवा

गैरव्यवसायिक गतिविधिमा संलग्न भएपछि डीएसपी पौडेलको सरुवा

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन पौडेलको एक्कासी सरुवा भएको छ ।

गैरव्यवसायिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयले उनलाई हटाएको हो । पौडेललाई हटाएर रुपन्देहीमा डीएसपी राजन कार्कीलाई पठाइएको छ । डीएसपी पौडेल बढुवा भएलगत्तै सोर्सफोर्स लगाएर रुपन्देही गएका थिए ।

त्यहाँ तस्करीदेखि अवैध गतिविधिमा संलग्नसँग साँठगाँठ देखिएको र कतिपयलाई अनावश्यक दुःख दिएको पाइएपछि उनलाई हटाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

तराईका जिल्लामा कार्यरत अन्य केही प्रहरी अधिकृतको पनि गतिविधिमाथि प्रहरी प्रधान कार्यालयले छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077