Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एकीकृत समाजवादीको स्थायी कमिटीमा १७ जना थपिने

एकीकृत समाजवादीको स्थायी कमिटीमा १७ जना थपिने

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटीमा सदस्य थप्ने निर्णय गरेको छ ।

बुधबार आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले दशौँ महाधिवेशनअघि सोही कमिटीमा रहेका १७ नेतालाई थप गर्ने निर्णय गरेको हो ।

यसअघि स्थायी कमिटीमा पदाधिकारी मात्रै रहने निर्णय भएको थियो ।

विधानविपरीत सदस्य विस्तार गर्न नहुने भन्दै केही नेताहरुले फरक मत राखेको बताइएको छ ।

स्थायी कमिटीमा थप गरिएका १७ नेतासहितको बैठक शुक्रबार बस्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077