Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेसले गठन गर्‍यो १० भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति

कांग्रेसले गठन गर्‍यो १० भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि आज निर्देशक समिति गठन गरेका हुन् ।

पार्टीको विधान २०१७ संशोधनसहितको धारा २५ (९) बमोजिम गठन गरिएको उक्त समितिले महाधिवेशन सम्पन्न गराउन विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन दिनसक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

कांग्रेसले नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार र सदस्यमा लक्ष्मी परियार र शान्ति विकलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077