Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

माओवादीले बोलायो स्थायी समितिको बैठक, के-के छन् एजेन्डा ?

माओवादीले बोलायो स्थायी समितिको बैठक, के-के छन् एजेन्डा ?

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा आसन्न केन्द्रिय समितिको एजेण्डा र तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

लामो समयदेखि टार्दै आएको माओवादीको केन्द्रिय समितिको बैठक आगामी पुस ३ गते बस्ने बताइएको छ । सोही बैठकको तयारीका लागि आज स्थायी समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा लगायत कार्यसूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077